एमाले जग्गा विवाद : न्यायाधीश शर्मा र पाण्डेयको इजलासमा पेसी

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दा आज पनि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा पेसी परेको छ। आज ध नम्वरमा पेसी रहेको छ ।
यसअघि उक्त मुद्दा पटक–पटक पेसी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको छ। व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन । अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए ।
सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए । यसअघि पनि पटक पटक पेसी तोकिने तर स्थगित हुँदै आएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड
-
आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?
-
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी