‘द्रौपदी’ चैतमा रिलिज हुने

काठमाडौँ । चलचित्र सेन्सर बोर्ड सदस्य समेत रहेका ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने भएको छ । निर्माता समेत रहेका आचार्यले फिल्म चैतमा प्रदर्शन हुन लागेको जानकरी दिए । उनले वितरकसँग छलफलबाट प्रदर्शन मिति टुंगो लागेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ ।
आरबी मूभिजको ब्यानरमा निर्मित फिल्ममा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको फिल्ममा विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता छन् । पटकथा, संवाद र गीत निर्देशन आचार्यकै छ । आचार्यले यसअघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी निर्देशन गरेका छन् ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको फिल्मको शीर्षक ‘महाभारत’को पात्र द्रौपदीसँग मिले पनि कथावस्तुबारे खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम