तीन दिनमा पुष्पाले कमायो ५०० करोड

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म पुष्पा–२ ले ३ दिनमा ५०० करोड कमाएको छ । सुकुमारको निर्देशनमा बनेको ‘पुष्पा–२ः द रुल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भारतमा मात्रै होइन, अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको ‘पुष्पा–२’ लाई विश्वभरका दर्शकले मन पराइरहेका छन् ।
फिल्मले रेकर्ड तोड ओपनिङ गरेको थियो । तर दोस्रो दिन फिल्मको कमाई अलि फिक्का भयो । तर, तेस्रो दिनमा फिल्मले नयाँ रेकर्ड बनाएको छ । निर्माताहरूका अनुसार ‘पुष्पा २’ ले ३ दिनमा विश्वभरमा ५ सय करोडभन्दा बढीको कलेक्सन गरेको छ । भारतीय सिनेमाको इतिहासमा यो सबैभन्दा छिटो ५०० करोड कमाउने यो पहिलो फिल्म बनेको छ ।
‘पुष्पा २ः द रुल’ को निर्माण कम्पनी मिइथरी मुभी मेकर्सले आफ्नो सामाजिक सञ्जालमा फिल्मको पोस्टर शेयर गर्दै ‘पुष्पा २’ ले विश्वभर ५ सय करोडभन्दा बढी कमाएको जानकारी दिएको छ । पुष्पाको ‘वाइल्ड फायर’ दुनियाँभरमा देखिएको छ ।
फिल्मले भातरमा ३ दिनमा ३८३ करोड ७० लाख भारु कमाएको छ । स्याकनिल्कको रिपोर्टअनुसार पुष्पा २ ले शनिबार भारतमा सबै भाषाबाट ११५ करोड रुपैयाँ सङ्कलन गरेको छ । तेलुगुमा फिल्मले साढे ३१ करोड भारु कमाएको थियो भने हिन्दी संस्करणमा फिल्मको माई साढे ७३ करोड करोड भारु थियो । फिल्मले तमिल, कन्नड र मलयालम संस्करणबाट क्रमशः साढे ७ करोड, ८० लाख र १ करोड ७० लाख भारु मात्रै कमाएको छ ।
‘पुष्पा २ः द रुल’ ले भारतमा तीन दिनमा कुल ३८३ करोड ७० लाख भारु कलेक्सन गरेको छ । तेलुगु संस्करणले अहिलेसम्म १५१ करोड ५ करोड भारु संकलन गरेको छ । फिल्मको हिन्दी संस्करणबाट अहिलेसम्म निर्माताहरूले २०० करोढ ७० लाख भारु कमाइसकेका छन् । तथ्याङ्कको हिसाबले पनि ‘पुष्पा २’ ले धेरै कीर्तिमान बनाइरहेको छ । यो ३ दिनमा २०० करोड कमाउने पहिलो तेलुगु फिल्म पनि बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने