एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने, एक सञ्चालक परिवर्तन
आइतबार, २३ मङ्सिर २०८१, ११ : २९
![एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने, एक सञ्चालक परिवर्तन](https://rpcdn.ratopati.com/media/albums/nmb-bank_lnn7sEaN3V.jpg)
काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यो वर्ष शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनी सचिव प्रमोदकुमार अग्रवालका अनुसार बैंकको उक्त निर्णय राष्ट्र बैंकबाट स्वीकृति लिइ आगामी साधारणसभामा प्रस्तुत हुनेछ । शुक्रबारको बैठकले एक सञ्चालक परिवर्तनको निर्णय समेत गरेको छ ।
बैंकमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने जीवनकुमार कटवाल ठाउँमा ठाकुरजंग थापालाई प्रतिनिधित्व गरी पठाउनेगरी कोषको पत्र अनुसार सञ्चालक समिति बैठकले सञ्चालक परिवर्तनको निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने