झापामा वृद्धाको हत्या, दुई जना पक्राउ

झापा । झापाको झापा गाउँपालिका–६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ७ बस्ने अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ बस्ने अशोक यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत शनिबार अपराह्न करिब साढे ४ बजे मुर्मु मृत अवस्थामा फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । उनको टाउको र चिउँडोमा कलको ह्यान्डल र फरुवा प्रहार गरी हत्या गरिएको थियो ।
लगत्तै जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालय र प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरीले खोजीका क्रममा दुई जनालाई झापा गाउँपालिका–७ मदरगाछबाट पक्राउ गर्न सफल भएको थियो ।
उनीहरूको साथबाट प्रहरीले लुटिएको कलर्स मोबाइल एक थान, साइकल एक थान पनि बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी शुरु
-
लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप, किन न्यूनीकरण भएन ?
-
जिल्ला अदालतहरूले उठाए १ अर्ब २३ करोड जरिवाना रकम, ३२ अर्ब बढी रकम असुल गर्न बाँकी
-
मन्त्री र मेयर गुटको लफडाले नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन स्थगित
-
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
-
के चाहन्छन् पुटिन ? युद्धविराम कि अमेरिकालाई झुलाउन ?