विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी
![विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी](https://npcdn.ratopati.com/media/news/jiil-prahari-parisar-ktm_eWqFxViQ7j.jpg)
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पनि पक्राउ पुर्जी आएको छ । उनकी पत्नी सविना आले मगरलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका पुत्र समेत रहेका दीपेश माओवादी (केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन् । सविना कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ । दीपेश पुनः पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता