फिल्म ‘पीआर’ निर्माण हुने, निर्देशकमा शोभित
![फिल्म ‘पीआर’ निर्माण हुने, निर्देशकमा शोभित](https://npcdn.ratopati.com/media/news/pr-film_9P1aOaXBaG.jpg)
काठमाडौँ । सलोन सलिना फिल्मस्को व्यानरमा फिल्म ‘पीआर’ निर्माण हुने भएको छ । आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दै छन् ।
निर्माण युनिटले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो । थिम पोस्टरमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता रहनेछन् । निर्देशक शोभितका अनुसार फिल्मका लागि हाल अस्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ । एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र बिकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने फिल्मका राजजंग क्षेत्री प्रोडक्सन हेड रहेका छन् ।
फिल्ममा मानस राजको सङ्गीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ । निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायाङ्कन अस्ट्रेलियाको विभिन्न सहरमा गरिने बताए । ‘सम्पूर्ण कलाकार र प्राविधिक अस्ट्रेलियाबाटै छानिनेछन् । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ