सिद्धार्थ बैंकको लाभांश घोषणा
आइतबार, २३ मङ्सिर २०८१, १० : २१
![सिद्धार्थ बैंकको लाभांश घोषणा](https://rpcdn.ratopati.com/media/albums/SIDDHARTHA-BANK-LIMITED_nYZarRqgnP.jpg)
काठमाडौँ । सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वित्तीय विवरणमा आधारित सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिए ।
योसँगै बैंकले करसहित ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
बैंकले अघिल्लो वर्ष ४।२१ प्रतिशत नगद लाभांश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध दिवसमा गजुरी र चौरीदेउरालीमा सार्वजनिक बिदा
-
टेस्लाविरुद्ध बोल्दा २३ हजार डलर जरिवाना, दुर्घटनामा आमाबुवासमेत घाइते
-
बबरमहल जलमग्न : काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
-
पीआईडीले पनि भन्यो– विद्युत् प्राधिकरणका ठेकेदारका कारण बबरमहल जलमग्न
-
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
-
पाँच शीर्षकमा विनियोजित खर्च कटौती गर्न अर्थ मन्त्रालयको परिपत्र