बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विश्व

विद्रोहीको दाबी– असद देश छाडेर भागे, सिरिया अब ‘स्वतन्त्र’

आइतबार, २३ मङ्सिर २०८१, १० : ००
आइतबार, २३ मङ्सिर २०८१

दमास्कस । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल-असद देश छोडेर भागेको  दाबी गरेको छ । सिरिया अब ‘स्वतन्त्र’ भएको विद्रोहीहरूको भनाई छ।

विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ अध्याय सुरुवात भएको बताएको छ । विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने बताएका छन्।

syria

विद्रोहीहरू भन्छन्, ‘यो नयाँ सिरिया हुनेछ जहाँ सबैले शान्तिसँग बस्न सक्नेछन् र न्यायले शासन गर्नेछ।’

यसअघि समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले दमास्कस छाडेको बताएको थियो तर उनी कहाँ गएका थिए भन्ने स्पष्ट भइसकेको छैन।

सिरियामा द्रुत रूपमा परिवर्तन भएका घटनाक्रमहरूमा एक नजर:

  • समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको जानकारी दिएको छ।
  • विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले दमास्कसतर्फ अघि बढिरहेको भन्दै राष्ट्रपति बसर अल-असदले राजधानी छोडेको खबर आएको हो।
  • विद्रोहीहरूले सैदनाया जेलबाट हजारौँ कैदीहरूलाई रिहा गरेको बताएका छन्। यस जेलमा असदका विपक्षीहरूलाई यातना दिइएको थियो।
  • इरान समर्थित हिजबुल्लाहले केही क्षेत्रबाट आफ्ना लडाकुहरूलाई फिर्ता लिएको बताएको छ।
  • यसअघि विद्रोहीले सिरियाको तेस्रो ठुलो सहर होम्स कब्जा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप