शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद

आइतबार, २३ मङ्सिर २०८१, ०८ : ३९
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । कैलाली जिल्लाको विभिन्न स्थानबाट करिब ११ लाख मूल्य बराबरको अवैध भन्सार छलीका समान बरामद गरिएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले  जिल्लाका विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको १० लाख ९१ हजार ८ सय मूल्य बराबरको अवैध मालसामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने तयारी गरेको हो । 

जस मध्ये जिल्ला कैलाली धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, संचयकोष कार्यालय धनगढी नजिक र बोराडाडीबाट अन्दाजी १० लाख ५३ हजार ८ सय बराबरको विभिन्न मोबाइलका कभरहरु, किरानाका सान र मोजाहरू बरामद भएको थियो । 

त्यस्तै गोदावरी नगरपालिका–९ बालुवाटारबाट अन्दाजी ३८ हजार मूल्य बराबरको स्पिकर, पम्पको वासर र किराना सामानहरू फेलापारि बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप