होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण

काठमाडौं । सिरियाली विद्रोही समूहले मुलुकको तेस्रो सबैभन्दा ठूलो शहर होम्स आफुहरुको पूर्ण नियन्त्रणमा आएको जिकिर गरेका छन् । इस्लामिक विद्रोही समूहका नेता गोलानीले ‘होम्स शहर पूर्ण नियन्त्रण’मा रहेको यो ऐतिहासिक क्षण भएको जिकिर गरेका हुन् ।
यसअघि सिरियाली रक्षा मन्त्रालयले ‘इस्लामिक अतिवादीहरु होम्स शहर प्रवेश गरेको’ खबर निराधार रहेको बताएको थियो । एक अमेरिकी अधिकारीको हवाला दिंदै बेलायती समाचार संस्था बीबीसीले राजधानी दमास्कस नजिकका उपनगरहरु एक पछि अर्को गर्दै विद्रोहीको कब्जामा गइरहेको, उल्लेख गरेको छ ।
बीबीसीका मध्यपूर्व संवाददाता ह्यूगो बचेगाले, ‘विद्रोहीले होम्समा कब्जा जमाएको खण्डमा राष्ट्रपति बशर अल असदको शासन संकटमा परेको रुपमा बुझ्नुपर्ने विश्लेषण हुन थालेको’ उल्लेख गरेका छन् । विद्रोहीहरुले राजधानी कमास्कस नजिकै पुगिसकेको भनी घोषणा गरेसँगै भ्रम र भय दुवैको माहोल सिर्जना भएको छ ।
लगभग २२ मिलियन जनसंख्या रहेको सिरिया भूमध्य सागरको पूर्वी तटमा अवस्थित छ । जसको उत्तरमा टर्की, पश्चिम एवं दक्षिण पश्चिममा लेबनान र इजरायल छन् । यस्तै, पूर्वमा इराक र दक्षिणमा जोडर्न समेत जोडिन्छ । लेबनानमा केही समयअघि मात्रै युद्धविराम लागू भएसँगै इजरायली आक्रणम बन्द भएको छ । छिमेकमा युद्ध सेलाउन नपाउँदै इस्लामिक विद्रोहीहरुले सिरियामा सत्ता कब्जालाई तीब्रता दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे
-
कर नबुझाउने १२२ करदातामाथि कारबाही
-
आफ्ना ३ अर्ब जिमेल प्रयोगकर्तालाई गुगलले किन दियो यस्तो चेतावनी ?
-
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
-
गभर्नर नियुक्तिसम्बन्धी रिट र निवेदन आज पनि हेर्न नभ्याइनेमा
-
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला