बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म

शनिबार, २२ मङ्सिर २०८१, २२ : ००
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौँ । आज मिति २०८१ साल मंसिर महिनाको २२ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • लाभांश घोषणा

 दोस्रो बजारमा सूचीकृत रहेका ५६ वटा कम्पनी तथा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो अवधिमा बजारमा सूचीकृतमध्ये ३६ वटा कम्पनी तथा २० वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को कारोबारमा आधारित तथा त्यो अवधिसम्मको सञ्चित नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

  • कांग्रेसमा किचलो

नेपाली कांग्रेसको विरासत बोकेको विराटनगर महानगर (कोइराला नगरी)मा आयोजित कार्यक्रममै कोइराला माथि संस्थापन पक्षले एक हिसाबले ‘हमला’ गरे । सम्मेलनमा प्रतिरक्षाको स्वर भने सानो सुनिएको थियो । 

  • हमाललाई मस्तिष्कघात

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो ।

  • राष्ट्रपति डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

  • सहकारी ठगी प्रकरण

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्दा  मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जिकिर गरेका छन् ।

  • विकास बजेटको परिचालन

 उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौँ रुपियाँ भुक्तानी पाउन सकेका छैनन् । 

  • नेपाल प्रिमियर लिग

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा टोलीले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो ।

शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय २६ रनमा सीमित बनेको हो ।

  • महासचिव मोडल

 क्रान्तिकारी कम्युनिस्ट पार्टीले महासचिवको मोडल अपनाउने भएको छ । काठमाडौँमा जारी पार्टी महाधिवेशनले ’महासचिव मोडल’ लाई पारित गरेको हो ।

  • गढीमाई मेला

बाराको वरियारपुरस्थित गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरूको घुइॅंचो बढ्न थालेको छ ।

  • फोटोफिचर

काठमाडौँ उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा निर्माण गरिएका खुला व्यायामशालामा सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । काठमाडौंवासीलाई स्वस्थ राख्न महानगरले व्यायामशाला बनाएको छ । 

 भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को सातौँ दिनको खेल यतिबेला जारी रहेको छ । प्रतियोगितामा आठवटा टोलीहरू प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता यतिबेला सर्वत्र चासोको विषय बनिरहेको छ । यसका साथै प्रतियोगिताले क्रिकेट प्रेमीहरूको राम्रो साथ पाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप