न्यायालय लयमा फर्कियो, अब गरिमामय बनाउनु पर्छ : प्रधानन्यायाधीश राउत
![न्यायालय लयमा फर्कियो, अब गरिमामय बनाउनु पर्छ : प्रधानन्यायाधीश राउत](https://npcdn.ratopati.com/media/news/prakashman-singh-raut_mRFOvdNdTN.jpg)
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताएका छन् । शनिबार वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राउतले लयमा फर्किएको न्यायालय मात्रै आफूहरूले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका हुन् ।
उनले न्यायालय आफैँ गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानुन व्यवसायीहरूको भएको बताए । उनले भने,‘तपाईं हाम्रा अथक प्रयासबाट न्यायालय लयमा फर्किएको छ । लयमा फर्किएकोमा मात्रै चित्त बुझाउने हो की ? न्यायालयलाई गरिमामय पनि बनाउने हो ? यो आफैँ गरिमामय त बन्दैन है । न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामीलाई सुम्पिएको छ । अब यहीँनेर हामीले आफूलाई निर्मम तवरले समीक्षा गर्नुपर्ने देखिन्छ । हामी हाम्रो न्यायालयलाई गरिमामय बनाउन गइरहेका छौँ की छैनौँ, हाम्रा गतिविधि र भूमिकाहरू त्यसतर्फ उन्मुख छन् की छैनन् ? प्रबुद्ध वर्गले यो विचार गर्नुपर्ने भएको छ । गरिमामय न्यायालयको वा स्वच्छ न्यायालयको वा पवित्र न्यायालयको न्यायमूर्ति हुने चाहना राख्ने हो भने हामीसँग त्यसले त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकताको डिमान्ड गर्दछ । त्यसका लागि हामी तयार छौँ ? म तयार छु । साथ सहयोग पाए र तपाईंहरुसँग सहकार्य गर्न सके न्यायालय गरिमामय नहुने कुरै छैन । एक पटक प्रयास त गरौँ ।’
प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताहरूले नैतिकताको लक्ष्मण रेखाभित्र आफूलाई राख्न सक्नुपर्ने बताए । न्यायालयलाई गरिमामय र स्वच्छ बनाउनका लागि आफू तयार रहेको भन्दै उनले त्यसैका लागि सुधारका धेरै प्रयास थालिएको जानकारी दिए ।
प्रधानन्यायाधीश राउतले टिक्दै नटिक्ने मुद्दाहरूमा वरिष्ठ अधिवक्ताको उपस्थिति देखिए छवि र स्तर प्रस्ट देखिने भएकाले सजक हुन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि