मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

हामी कसैको ऋणको पासोमा पर्दैनौँ, बीआरआईबारे संसदमा बहस गरौँ : गगन थापा

शनिबार, २२ मङ्सिर २०८१, १५ : ००
शनिबार, २२ मङ्सिर २०८१

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न काङ्ग्रेसले नदिने बताएका छन् । काङ्ग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । 

उनले बीआरआईमा भएको सम्झौताबारे कुरा गर्दै यस्तो बताएका हुन् ।  ‘हामी भारत, चीन, अमेरिका, युरोपसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ । तर, कसैको गठबन्धनमा जान चाहन्नौँ,’ थापाले भने, ‘बीआरआई सम्झौता भयो । त्यसमा एउटा द्विविधा थियो । हामी नेपालले चाहे जस्तो मात्रै हुनुपर्छ भन्ने थियो । चीनले पनि आफ्नो चाहन्थ्यो । तर, हामीले कुनै पनि देशसँग ऋण लिएर देश विकास गर्ने अवस्थामा छैन । यो कुरा ढुक्क भएर हामीले भन्नुपर्छ । पोखरा विमानस्थलको ऋण अत्यन्तै खराब हो । बीआरआई लाई संसद्मा लिएर जाओैं । खुल्ला बहस गरौँ । पाकिस्तान र श्रीलङ्का के भयो हेरौं । हामीले नेपाललाई काहीँ कसैको ऋणको पासोमा पार्न दिँदैनौँ । काङ्ग्रेस छ ।’

उनले नागरिकहरूले अशिले भ्रष्टाचार, कुशासनको जन्जिरबाट निकाल्नुपर्छ भनिरहेको बताउँदै काङ्ग्रेस एमाले गठबन्धनले त्यो गर्ने विश्वास व्यक्त गरे । ‘काङ्ग्रेस र एमाले मिलेर सरकार बन्ने कुरा स्वाभाविक होइन । तर, यो के का लागि छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । अब संविधानमा केही पुनरावलोकन हुनुपर्छ ।’ 

हाम्रो अभ्यासले केही सिकाएको छ । ८४ सालमा १५ सालमा जस्तो लोकप्रिय मत ल्याए पनि एकल सरकार चलाउन सक्दैन । ‘बहुमत ल्याएको पार्टीले ५ वर्ष सरकार चलाउन पाउनु पर्‍यो’, उनले भने, ‘हामीले संयन्त्रबाट छलफल सुरु गरेका छौँ । अबको एक दुईवटा बैठक पछि हामी अगाडि बढाउँछौं । यसलाई सम्हाल्न गाह्रो छ । काङ्ग्रेस मिलाउने कर्ममा छ । हामी मिलाउँछौँ । हामी उत्तेजना फैलाउँदैनौँ । रूल अफ ल मा सम्झौता हुन सक्दैन । ती मान्यता स्थापित गर्नुपर्छ ।’

उनले सार्वजनिक संस्थाको अपचलन गर्ने जो कोही कारबाहीको दायरामा आउनुपर्ने पनि बताए ।  ‘सरकारमा बसेको कुनै पार्टीको मान्छे बचाउँछ भने त्यो विधिको शासन होइन । काङ्ग्रेस र एमाले भएको आधारमा कसैले सुविधा पाउनु हुँदैन,’ उनले भने ।

महामन्त्री थापाले निर्वाचनमा काङ्ग्रेसले हारेको भन्ने कुरा सत्य नभएको पनि बताए । ‘निर्वाचन कति हार्यौं । माओवादीको घानमा जितेका छौँ । मोरङ किन हार्यौं । मोरङकै साथीहरू बसेर हल गरौँ । काठमाडौँ १६ मा किन हार्यौं त्यो पनि समीक्षा गरौँ । तर, हिसाब किताब नगरी किन लाइन लगाएर हार्यौं हार्यौं किन भनेको’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप