बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण छैन : रमेश लेखक
शनिबार, २२ मङ्सिर २०८१, १३ : २०

विराटनगर । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण नभएको बताएका छन् । कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
‘बीआरआई सम्झौता काङ्ग्रेसको धारणा, सल्लाह र सहमति अनुसार भएको हो । हामीले ऋण नलिने भनिसकेका छौँ । प्रधानमन्त्रीले पनि भनिसक्नुभएको छ । यश विषयमा विवाद गर्नु जरुरी छैन । अनुदान र सहायता लिने भनेका हौँ’ उनले भने ।
कांग्रेस एमाले मिलेर बनाएको समीकरण फगत केही मानिसलाई मन्त्री बनाउनका लागि मात्रै नभएको उनले बताए । ‘संविधान र यो व्यवस्थाको रक्षा गर्न, भ्रष्टाचारको अन्त्य, दिगो शान्ति, सुशासनतिर जान समीकरण बनाएको हो । संविधान संशोधनको विषय प्राथमिकता हो । संविधान संशोधनको विषयमा आन्तरिक छलफल सुरु भएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू