मधेस प्रदेशमा धान उत्पादन बढ्यो

जनकपुरधाम । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उहाँको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो ।
गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादभएको थियो भने चालू आवमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ । सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन, रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको छ ।
यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए । यसैबिच, यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा बहुमतद्वारा तीनकुनेमा सरकार र राजावादीको अमानवीय व्यवहारको निन्दा
-
एउटा फरक र्याम्प वाक, तस्बिरहरू
-
वीरगञ्ज बालसुधार गृहमा तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित
-
तीनकुने घटनाको निष्पक्ष आयोग बनाएर छानबिन नगरे अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी
-
नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
-
भूपेन्द्र, ऋषिराज र सरलको बिदाई, सेन्सर बोर्डमा तीन सदस्य रिक्त