शेखर समूहले चार बुँदे निर्णय बुझाउने
विराटनगर । नेपाली कांग्रेस कोशीको प्रथम सम्मेलन विराटनगरमा आज हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतका नेता विराटनगर आइसकेका छन् ।
यस्तै गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पनि उक्त कार्यक्रममा सहभागी हुने जनाइएको छ । विराटनगरमै हुन लागेको उक्त सम्मेलनमा कांग्रेस नेता डाक्टर शेखर कोइराला भने सहभागी नहुने भएका छन् । कोइराला आजै हुने चितवनको एक कार्यक्रममा सहभागी हुन गएका छन् । कोइराला निकट स्रोतका अनुसार प्रदेशको सम्मेलनमा अतिथिको बरियताक्रममा असन्तुष्टि जनाउँदै उनी कार्यक्रममा सहभागी नहुने भएका हुन् ।
उता, कोइराला समूहले यसअघि मंसिर १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय पालिका सभापतिहरूको प्रथम भेला सम्पन्न गरिसकेको छ । उक्त भेला रोक्न संस्थापन पक्षले गरेको प्रयास असफल भएको थियो । भेलामा कोशी प्रदेशका १३७ वटा पालिका सभापतिमध्ये ११३ जना सहभागी भएका थिए भने ६ वटा महानगरका सभापतिहरू पनि सहभागी भएका थिए ।
भेलाले विभिन्न चार बुँदे निर्णय गरेको छ । उक्त निर्णय आजै हुने प्रथम प्रदेश सम्मेलनमा सहभागी हुन आएका सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी छ । पत्र बुझ्न नमाने होहल्ला हुने कोइराला निकट एक नेताले बताए । ‘१, २ सय कार्यकर्ता उतारेर हामी पत्र बुझ्न भन्छौँ । बुझ्न नमाने हो हल्ला हुन्छ,’ ती नेताले भने ।
कोइराला पक्षको भेलाले मतदाताहरूको प्रतिनिधित्व, क्षेत्रीय प्रतिनिधित्वहरूको घनत्व, समुदाय स्तरमा पार्टीलाई जीवन्त र चुस्त दुरुस्त राख्नका लागि अधिकार सम्पन्न मर्यादित महानगरपालिका कार्यसमितिलाई सशक्त बनाई नगरवासीहरूको हितमा परिचालित हुने निर्णय गरेको छ ।
जसमा २०८० साल श्रावण १२ गते काठमाडौँमा सम्पन्न पहिलो बैठकबाट गरिएका ४ निर्णयहरू माथि पार्टीको उच्च तहको ध्यानाकर्षण गराउँदै कार्यान्वयनको लागि दबाब दिने, २०८१ भदौ २७ र २८ गते पोखरामा सम्पन्न दोस्रो बैठकबाट पारित वडा, गाउँ, नगर, उप–महानगर र महानगरस्तरीय कार्य समितिहरुलाई स्थानीय सरकारमा (वडा र पालिका) पार्टीका उम्मेदवार छनौट गर्न पाउने अधिकार सम्पन्न गराउन नेतृत्व वर्गको ध्यानाकर्षण गराउने, स्थानीय तह (पालिका) का कार्यसमितिहरू भद्दा र विधानअनुरूप बैठक सञ्चालन बोझिलो भएकोले प्रतिनिधित्व गराउने सङ्ख्या र पदहरूको संशोधन अपरिहार्य रहेको अवगत गराउने र कांग्रेसको विधानमा पार्टी प्रमुख सरकार प्रमुख भन्दा माथिल्लो तहमा राखिएकोमा स्थानीय तहमा पनि सोहीअनुरूपको व्यवस्था हुनुपर्ने र महानगर सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा महाधिवेशनमा प्रतिनिधित्व गराउन पहल गर्ने निर्णय छ ।
उक्त निर्णयमा ६ वटा महानगरका कांग्रेस सभापतिहरूको हस्ताक्षर रहेको छ । जसमा निलकाजी शाक्य, काठमाडौँ, सुभाननरत्न धाख्या ललितपुर महानगर, सुरेन्द्रमान बिजुक्छे पोखरा, चित्रसेन अधिकारी भरतपुर, मणिन्द्र नेपाली वीरगञ्ज र दीपक चापागाईं विराटनगर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?