पल शाह भन्छन्, ‘मेरो बिहेको खबरले म आफै चकित छु’
शनिबार, २२ मङ्सिर २०८१, १० : २६

काठमाडौँ । बिहेको हल्लाबिच अभिनेता पल शाहले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहले खबरमा कुनै सत्यता नरहेको बताएका हुन् ।
शाह र नेकपा एमालेकी विद्यार्थी नेतृबिच विवाह हुने केही दिनदेखि चर्चा चलिरहेको थियो । यसबारे शाहले लेखेका छन्, ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस्, यो खबरमा कुनै सत्यता छैन ।’
पल शाह पछिल्लोपटक चलचित्र रावायणमा देखिएका थिए । तर, चलचित्रले बक्स अफिसमा खासै प्रदर्शन गर्न सकेन । हाल उनी म्युजिक भिडियोहरूमा व्यस्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)