शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सामसङ वान युआई ७ बेटा घोषणा

शनिबार, २२ मङ्सिर २०८१, ०९ : २१
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौँ । शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक भएको घोषणा सामसङ नेपालले गरेको छ । 

इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी, हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ले ठुलो छलांग लिएको कम्पनीको भनाई छ । पहिले भन्दा बढि व्यक्तिगतताको लागि अपग्रेड गरिएको मोबाइल यूजर एक्सपिरिएन्सको पहिलो झलक बेटा प्रोग्रामले प्रदान गरेको छ ।

एडभन्सड लेखन सहायक टुलहरू (राइटिंग असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरहरूमा वान युआई ७ ले बलियो अपडेटहरू ल्याएको छ । एआई ओएससँग एकीकृत भएर अप्लिकेसनहरु बिच स्विच गर्न आवश्यक बिना नै टेक्स्टहरू चयन गर्ने क्षमता दिएको छ । यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न, र स्वचालित रूपमा बुलेट पोइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू प्रदान गर्दै।

वान युआई ७ को साथ अपग्रेड गरिएका कल सुविधाहरूले २०ओटा भाषाहरूमा कल ट्रान्सक्रिप्टहरू उपलब्ध छ । कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कलहरू स्वचालित रूपमा पछि सन्दर्भको लागि ट्रान्सक्राइब हुनेछ ।

योसँगै वान युआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकको साथ आएको छ । यसमा इन्टरप्रेटर, रेकर्डिङ, स्टपवाच जस्ता विभिन्न सुविधाहरू प्रदान गर्ने नाउ बार पनि समावेश छ । 

सिम्प्लिफाई गरिएको होम स्क्रिन, पुनः डिजाइन गरिएको वान युआई विजेटहरू र लक स्क्रिन गरी फिचरहरू प्रयोगकर्ताहरूलाई प्रत्येक विवरणमा ग्रेन्युलर कन्ट्रोल प्रदान गर्न र अनुकूलनलाई सहज र निर्बाध बनाउनको लागि एक जुट भई काम गर्छन्।

पुनः डिजाइन गरिएको क्यामेरा युएक्सले एडभान्सड सेटिङहरूमा थप सहज कन्ट्रोल दिन्छ । प्रो र प्रो भिडियो मोडहरूका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ । प्रयोगकर्ताहरूको लागि प्रो भिडियो मोडमा रेकर्डिङ गर्दा नयाँ जुम कन्ट्रोल उपलब्ध छ ।

वान युआई ७को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइसहरूसँग हुनेछ, र २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फंक्सन गरी थप एआई  क्षमताहरू समावेश हुनेछ । आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धता अनुरूप, यी अप्डेटहरु बिस्तारै अन्य ग्यालेक्सी उपकरणहरूमा पनि आउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप