यी हुन् टीआरसीका दुई आयोगमा सर्ट लिष्टमा परेका ४० जना, उजुरी आह्वान
शनिबार, २२ मङ्सिर २०८१, ०८ : ३३

काठमाडाैँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले सर्ट लिस्टमा परेका ४० जनाको नाम सार्वजनिक गरेको छ ।
सर्ट लिस्टमा कसैको कुनै प्रतिक्रिया भए सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र पुस्ट्याइँ हुने आधार प्रमाणसहित समितिको सचिवालयमा लिखित वा विद्युतीय माध्यमबाट आइपुग्ने गरी उजुरी पेस गर्न पनि समितिले आग्रह गरेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम यही सर्टलिस्टबाट तय हुने समितिले जनाएको छ ।