विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती
![विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती](https://npcdn.ratopati.com/media/news/staybari_EIHWqoQTaA.png)
गोरखा । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिए ।
“यस वर्ष परीक्षणका रुपमा अहिले एक रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरी खेती सुरु गरिएको छ”, उनले भने, “उक्त जमिनमा करिब छ सय बिरुवा लगाइएको छ, यसबाट राम्रो उत्पादन भए थप जमिनमा स्ट्रबेरी खेती गर्ने योजना विद्यालयको छ ।” विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि धारका विद्यार्थी स्ट्रबेरीखेती गर्ने काममा जोडिएको उनको भनाइ छ ।
“उत्पादनपछि बिक्री भएको आम्दानीको ६० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने विद्यालयले निर्णय गरेको छ”, प्रधानाध्यापक सेडाईले भने, “परीक्षण सफल भए आगामी वर्ष १० रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरीखेती गर्ने योजना विद्यालयको छ ।” स्थानीयस्तरमा अहिलेसम्म अन्यत्र स्ट्रबेरी खेती पनि नभएको र बजार मूल्य पनि राम्रो भएकाले विद्यालयले स्ट्रबेरीखेतीलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
विद्यालयले कृषि धारमा अध्ययनरत विद्यार्थीलाई उत्पादनमा जोड्न करिब १० रोपनी खेत र आठ रोपनी पाखाबारी भाडामा लिएर धान, मकैलगायत बेमौसमी तरकारीखेती समेत गर्दै आएको छ । विद्यालयले गर्दै आएको कृषिखेतीबाट विद्यार्थीलाई किताबकापी खर्च, खानाखाजा तथा पोसाक किन्न सहज हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता