इस्लामिक विद्रोहीहरु होम्स शहर छिर्नासाथ आफ्ना नागरिकलाई सिरिया छोड्न रुसको उर्दी

काठमाडौं । इस्लामिक विद्रोही समूह होम्स शहर छिरेसँगै रुसले आफ्ना नागरिकलाई सिरिया छोड्न आग्रह गरेको छ । इस्लामिक अतिवादी समूहले सिरियाको तेस्रो सबैभन्दा ठूलो शहर होम्समा कब्जा जमाउन लागेको खबर सनसनीपूर्ण ढंंगले फैलिएसँगै रुसले त्यहाँबाट आफ्ना नागरिकलाई देश छोड्न भनेको हो ।
विद्रोही समूले बिहीबार मात्रै उत्तरको हमा शहर कब्जागरेका थिए । जुन सिरियाली राष्ट्रपति बशर अल असदका लागि दोस्रो झट्का थियो । गएको हप्ता मात्रै इस्लामिक विद्रोहीले अलेप्पोमाथि कब्जा जमाएका थिए ।
इस्लामिक अतिवादी समूह एचटीएसका एक नेताले आफुहरुको लक्ष्य भनेकै असद शासनलाई उखेलेर मिल्काउनु हो । यस्तै, कुर्द नेतृत्वको सैन्य समूहले पूर्वी सिरियाको देर अल जोर समेत कब्जा गरेका छन् ।
सिरियाको सहयोगी रुसले आफ्ना नागरिकलाई देश छोड्न आग्रह गरेसँगै सिरियामा चलिरहेको गृहयुद्धले थप उग्र रुप लिने आँकलन गरिएको छ । बीबीसीका अनुसार विद्रोहीहरुको गति दैनिकजसो आश्चर्यजनक हिसाबले बढ्दै गएको छ भने यो परिवेश असद शासनका लागि निकै ठूलो चुनौति मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने