शारीरिक सुगठन प्रतियोगितामा रजत पदक विजेताहरूलाई काठमाडौँ महानगरको नगदसहित सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले, १५ औँ वर्ल्ड बडिबिल्डिङ् एण्ड फिजिक च्याच्पियनसिप २०२४ का रजत पदक विजेता खेलाडीहरूलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेका छन् । गएको कार्तिक २० देखि २५ गतेसम्म वर्ल्ड बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।
प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेका हुन् ।
सम्मान अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यसहित अधिकारीहरू उपस्थित थिए ।
महानगरपालिकाले खेल क्षेत्रको प्रवर्धन र खेलाडीहरुको आत्मबल बढाउन राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेताहरूलाई नगदसहित सम्मान गर्ने गरेको छ । यस्तै खेल प्रेमीहरुलाई प्रतियोगिता हेर्ने वातावरणका लागि सार्वजनिक स्थलहरूमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता