फुलेको तारीबालीमा विषादी प्रयोग नगर्न आग्रह
काठमाडौँ । तोरीबालीमा फूल फुलेको बेला रासायनिक विषादी प्रयोग नगर्न आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जारी कृषि–मौसम सल्लाह बुलेटिन मार्फत फूल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक विषादी प्रयोग नगर्न आग्रह गरिएको हो ।
तोरीबालीमा लाही कीराको नियमित अनुगमन पहेँलो स्टिकी ट्र्यापबाट गर्नका साथै रोग व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर लाही लागेको ठाउँमा भिज्नेगरी भोलीपल्ट छर्कन आग्रह गरिएको छ ।
साताभरका लागि कृषि सुझाव:
–गहुँ छरेको २०–३० दिनभित्र (मुकुट) जरा पलाउने अवस्था । गहुँको जरा भिज्नेगरी पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा युरिया टपड्रेस गर्नुहोस् ।
– सिँचाई सुविधा भएका सबै किसिमका फलफूल बगैँचामा सिँचाइको व्यवस्थापन गर्नुहोस् । साथै चिस्यान संरक्षण गर्न उपयुक्त छापो राख्नुहोस् ।
– कलेजी रङ्गमा परिणत भई पाकेका कफीबालीका अगौटे चेरीहरू टिप्नुहोस् ।
– काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २–३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
– काउली तथा बन्दा लगाएको १५–२० दिनपछि पहिलो तथा ३०–३५ दिनपछि दोस्रो पटक ७–१० ग्राम युरिया (१ चम्चा) प्रत्येक बोटको वरिपरि घेरा बनाई टपड्रेस गरी माटोले पुर्नुहोस् र टपड्रेस गरिसकेपछि हल्का सिँचाइ गर्नुहोस् ।
– तापक्रम कम हुँदै जाँदा लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाउँमा भिज्नेगर भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाउँमा बिहानीपख छर्कनुहोस् ।
– तापक्रम घट्ने क्रम जारी भएकोले मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस् ।
– ब्रोइलर कुखुराहरुको पेटमा पानी जम्नेको समस्या धेरै देखिएमा, ४० मिलिग्राम फुरोसेमाईड १ लिटर पानीमा घोली दिनको दुई पटक पाँच दिन सम्म खान दिनुहोस् । १० दिन उमेरपछि दिइने दानामा १% का दरले खानेसोडा (सोडियम बाइकार्बोनेट) मिसाई खुवाउनुहोस् । खोर न्यानो तर प्रशस्त हावा खेल्ने बन्दोबस्त मिलाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा
-
दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?