टीआरसीको दुई आयोगको अध्यक्षका लागि आठ जनाको नाम सर्च कमिटीले टुङ्गायो
काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी)ले आवेदन दिएका मध्येबाट सर्ट लिस्ट तयार पारेको छ ।
शुक्रवार बसेको सर्च कमिटीको बैठकले ८ जनाको नाम अध्यक्षका लागि सर्ट लिस्ट तयार गरेको छ । कुल ४० जनाको नाम र सूचि सर्च कमिटीले तयार पारेको प्रवक्ता खम्वबहादुर खातीले जानकारी दिए । उनका अनुसार पाँच दिनभित्र उजुरी दिन सार्वजनिक आव्हान गरेको छ ।
८ जना अध्यक्ष अरू सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने गरी हाललाई सर्ट लिस्ट तयार भएको उनले बताए । अध्यक्षका लागि छनौट हुनेमा सुदिप पाठक, शेरबहादुर केसी, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा , अच्युतप्रसाद भण्डारी , डिल्लीराज आचार्य र काशीराज दाहाल छन् । उनीहरूको विस्तृत नाम भोलि सार्वजनिक गरिने अनि पाँच दिनभित्र उजुरी सुन्ने अनि प्रक्रिया अघि बढ्ने खातीले बताए ।
‘४० जनाको नाममा पाँच दिनका लागि उजुरी आह्वान हुन्छ ’ उनले भने– ‘त्यसपछि २६ गते बैठक बस्छ । तीन दिन प्रस्तुतीकरण सुनेर हामी निर्णयमा पुग्छौ ।’ उनले ३० गतेसम्म सर्च कमिटीले निर्णय गर्ने बताए । सर्च कमिटीलाई पुस २ गतेसम्मको समय रहेको छ।
कमिटीले माग गरेको आवेदनमा १५६ जनाले दरखास्त दिएका थिए । सर्च कमिटीले सूचना जारी गरेपछि अनलाइन, भौतिक रूपमा उपस्थित भएर अनि संस्थागत रूपमा दुवै आयोगको पदाधिकारीका लागि आवेदन दर्ता भएको थियो ।
सर्च कमिटीले नाम सिफारिस गरेपछि सरकारले मन्त्रिपरिषदबाट उनीहरूलाई नियुक्ति दिनेछ। हालसम्म सर्ट लिस्टमा परेकामध्ये पाठक मानवअधिकार आयोगका पूर्व सदस्य हुन् भने केसी नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् । त्यस्तै काशीराज दाहाल प्रशासकीय अदालतका पूर्व अध्यक्ष हुन् ।
त्यस्तै अर्को सम्भावित नाम डिल्लीराज आचार्यको देखिन्छ । उनी पूर्व न्यायाधीश हुन् भने यसअघि सरकारले गठन गरेको सुन तस्करी छानबिन समितिका संयोजक हुन् । सत्य निरूपण तथा मेलमिलाप आयोगमा अध्यक्षसहित पाँच र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका अध्यक्षसहित पाँच जना पदाधिकारी नियुक्ति हुने छन् ।
करिब १८ वर्षदेखि अल्झिएको सङ्क्रमणकालीन न्याय प्रक्रिया आयोगका पदाधिकारी नियुक्तिसँगै फेरि अघि बढ्ने देखिन्छ । यसअघि दुई पटक गठन भएको आयोग बिचमै अलमलमा परेर असफल भएको थियो । यसपटक यी आयोगहरू सफल हुनुपर्ने दबाबमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा