उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान
काठमाडौँ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरूलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।
सम्मानितमध्ये २ वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्ममध्येबाट सबैभन्दा बढी आयकर तिर्ने श्रुति ट्रेडर्स, सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुुपंछीजन्य उद्योगबाट पतञ्जली आयुर्वेद, बैंक, वित्तीय संस्था र बिमाको कारोबार गर्ने मध्येबाट नबिल बैंकलाई परिसंघले सम्मान गरेको हो ।
यस्तै स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायबाट तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामुलक उद्योगबाट भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफर पनि परिसंघ सम्मानित भएका छन् ।
यसैगरी २०७५ साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा मूल्य अभिवृद्धि कर, विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये आर्थिक वर्ष २०७९/८० को आयविवरण अनुसार सबै भन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा