नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारत तर्सिनु पर्दैनः महासेठ
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क (बीआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताएका छन् ।
शुक्रवार काठमाडौंमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले यस्तो बताएका हुन् । उनले बीआरआई परियोजनाबाट नेपालमा बनेका रेल,सडक लगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताए । महासेठले चीन–नेपाल जोड्ने रेल र सडक पूर्वाधार बन्दा भारतले पनि प्रयोग गर्नसक्ने भएकाले नेपालले बीआरआईमा सम्झौता गर्दैमा तर्सनुपर्ने आवश्यकता बताए ।
उनले केरुङ–काठमाडौँ र काठमाडौँ–रक्सौल रेल बन्दै गर्दा सबैभन्दा बढी फाइदा भारतलाई हुने दाबी गरे । उनले केरुङ–काठमाडौँ र काठमाडौँ–रक्सौल रेल तथा सडक पूर्वाधार बन्दा चीनबाट भारतले महिना दिन लगाएर ल्याउने सामान एक दिनमा भारत पुर्याउनसक्ने भन्दै भारत बीआरआईबाट तर्सिनु नहुने बताए ।
उनले नेपालले कुनै भारत विरोधी भावनाले प्रेरित योजना स्वीकार गर्न नसक्ने भन्दै बीआरआई फ्रेर्मवक परियोजना भारत विरोधी नभएको जिकिर गरे। उनले नेपाल सरकारले चीनसँग बीआरआई परियोजनामा हस्ताक्षर गरेसँगै विकासको ढोका खुलेको दाबी गरे ।
उनले भने, ‘बीआरआईबाट भारत तर्सनुपर्ने काम छैन । नेपालमा कनेक्टिभिटीको विकास भयो भने नेपालको बाटो भारतले प्रयोग गर्न मिल्दैन र ?’
उनले एक चीन नीतिलाई नेपालले मात्रै होइन अमेरिकाले पनि मानेको उल्लेख गरे । उनले विश्व राजनीतिक उतार चढावको कारणले अहिले नमानेको बताए । पूर्वपरराष्ट्रमन्त्री महासेठले बीआरआई सम्झौतापछि बाहिर उठिरहेका प्रश्नको जवाफका लागि सम्झौतामा उल्लेख विषय अध्ययन गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा
-
धरौटी आदेशपछि रास्वपामा उत्साह, अदालत राजनीतिक प्रभावमा नपरेको बुझाइ
-
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द