बाबा सिद्दिकीभन्दा अघि सलमानलाई मार्ने थियो योजना

नयाँ दिल्ली । एसीपीका नेता बाबा सिद्धिकीको हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तले सलमान खान आफ्नो हिट लिस्टमा रहेको खुलासा गरेका छन् । उनले बाबा सिद्दिकीभन्दा अगाडि सलमानलाई मार्ने योजना थियो भनेर समेत बताएका छन् । तर अभिनेताको सुरक्षामा कडाइ गरेपछि हत्याको योजना परिवर्तन गरेको अभियुक्तले भनेका छन् ।
बाबा सिद्धिकीको हत्याको आरोपमा पक्राउ परेका शूटरले प्रहरी हिरासतमा यो खुलासा गरेको भन्दै इन्डिया टुडेले पुलिस स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ ।
सलमानलाई मर्न नसकेपछि सिद्धिकीको हत्या
आफूले सलमानको घरको रेकी गरेको र यस क्रममा त्यहाँ सुरक्षा निकै कडा रहेको पाएको बाबा सिद्धिकीको हत्याका अभियुक्तले पुलिसलाई सोधपुछका क्रममा भनेका छन् । सलमान बुलेट प्रुफ कारमा मात्रै घरबाट निस्कने गर्थे र उनको वरिपरि धेरै सुरक्षाकर्मीहरू थिए । यस्तो अवस्थामा उनीसम्म पुग्न निकै कठिन भएको बताइएको छ ।
सलमानलाई मार्ने योजना सफल हुन नसकेपछि हत्याराहरूले बाबा सिद्धिकीलाई निशाना बनाएको भनिएको छ । अक्टोबर १२ को रातमा बाबा सिद्धिकीको गोली हानेर हत्या गरिएको थियो । उनी बान्द्रामा छोरा जीशानको अफिसमा थिए । बाहिर निस्कने बित्तिकै उनमाथि छ वटा गोली प्रहार भयो । यही गोली लागेर अस्पतालमा उनको मृत्यु भयो ।
लरेन्स गिरोहको निशानामा सलमान
गएको केही वर्षदेखि जेलमा बन्द रहेको ग्याङस्टर लरेन्स विश्नोईको नामबाट सलमानलाई लगातार धम्की आइरहेको छ । सन् १९९८ को कालो हरिण सिकारको घटनापछि विश्नोई समुदाय सलमानसँग रुष्ट । यही मामिलामा लरेन्स विश्नोईले सलमानलाई टिभीमा एक अन्तरवार्ताका क्रममा सलमानलाई ज्यान मार्ने धम्की दिएका थिए । लरेन्सले मार्ने धम्की दिएको १० जनाको सूचीमा सलमानको नाम सबैभन्दा माथि भएको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)