नेपालमा तीन विषादी प्रतिबन्धित
शुक्रबार, २१ मङ्सिर २०८१, १७ : १२

काठमाडौँ । नेपाल सरकारले तीन प्रकारका विषादी प्रतिबन्धित लगाएको छ । सरकारले नेपाल राजपत्रमा सूचना जारी गर्दै नोलमा पाराक्वाट, क्लोरपाइरिफोस र फोरेट नामक विषादी प्रतिबन्ध लगाएको हो ।
शुक्रबार प्रकाशित सूचनामा सो विषादी उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको उल्लेख छ । बाँकी रहेका विषादीहरू पाराक्वाट र क्लोरपाइरिफोस दुई वर्षभित्र समाप्त/प्रयोग गरिसक्नु पर्नेछ ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) ले यी विषादी र विषाक्त रसायनहरूका विषयमा लामो समयदेखि काम गर्दै आएको छ । केन्द्रले प्रतिबन्ध लगाएको विषादीको प्रभावकारी कार्यान्वयनको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने
-
संघीयतापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उपलब्धि प्राप्त भएको छ: मन्त्री थापा
-
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट