सियोलमा शनिबार दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिने
![सियोलमा शनिबार दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिने](https://npcdn.ratopati.com/media/news/south-korea6_ltvqcjye88_onAxu6HlNx.webp)
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको विरोधमा शनिवार दसौँ हजार मानिसले प्रदर्शनमा सहभागिता जनाउने सूचना आफूहरूले पाएको सियोल प्रहरीले जनाएको छ ।
सियोल महानगर प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार शहरको केन्द्र र येओइदो क्षेत्र (सियोलमा) मा दशौं हजार सहभागीहरू सम्मिलित ठूलो मात्रामा भेला र प्रदर्शन हुने सूचना प्रहरीले प्रप्त गरेको छ । स्थितिलाई गम्भीर हुन नदिन र सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले केही सडकहरूमा आवत जावतमासमेत प्रतिबन्ध लगाएको छ ।”
कोरियन नेशनल प्रहरीका एक प्रवक्ताले एएफपीलाई बताएअनुसार आयोजकले ‘करिब दुई लाख’ मानिस उपस्थित गराउने बताएका छन् । युनले मङ्गलबार अबेर राति सैनिक शासनको घोषणा गर्नुभएको थियो भने उक्त कदमको विरोधमा हजारौँले प्रदर्शन गरेपछि कोरियाली संसदमा भएको निर्वाचनमा सांसदहरूले राष्ट्रपतिको उक्त घोषणा उल्टाउने पक्षमा मतदान गरेका थिए ।
विपक्षीहरूले महाभियोग प्रस्ताव अघि सारेका छन् जुन शनिबार अबेर मतदान हुने तय भएको थियो, जबकि युनको आफ्नै पार्टीका प्रमुखले शुक्रबार उनलाई पदबाट हटाउन माग गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध आप्रवासीहरूलाई अमेरिकाले हतकडी र नेल लगाएको विषयमा के भन्छन् विज्ञहरू ?
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन