हाई–प्रोफाइल पार्टीमा एकसाथ देखिए ऐश्वर्या–अभिषेक
नयाँ दिल्ली । बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनबिच सम्बन्ध राम्रो नरहेको चर्चा चलेको निकै भयो । यद्यपि यी दुवै बिहीबार एकसाथ एउटा हाई–प्रोफाइल पार्टीमा देखिएका छन् ।
पार्टीका तस्बिरहरू फिल्म निर्माता अनु रञ्जनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । केही क्षणमै यी तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए । पार्टीमा फिल्म निर्माता अनु रञ्जन, आयशा जुल्का र ऐश्वर्याकी आमा वृन्दा राई थिइन् । लामो समय भयो ऐश्वर्या र अभिषेक कुनै पनि कार्यक्रम, पार्टी र सामाजिक जमघटमा सँगै देखिएका थिएनन् ।
- अभिषेकसँग ऐश्वर्याले खिचिन् सेल्फी
फिल्म निर्माता अनु रञ्जनले शेयर गरेको पार्टीको फोटोमा ऐश्वर्याले अभिषेकसँग सेल्फी लिइरहेको देखिन्छिन् । क्याप्सनमा उनले ‘धेरै माया’ भनेर लेखेका छन् । तस्बिरमा ऐश्वर्याको साथमा पति अभिषेक र आमा वृन्दाले पोज दिइरहेका छन् । यो पार्टीमा सचिन तेन्दुलकर, तुषार कपुर लगायत धेरै सेलिब्रेटीहरू उपस्थित थिए ।
- छोरीको जन्मदिनको पार्टीमा पनि थिए अभिषेक
दम्पतीकी छोरी आराध्याले केही हप्ता अघि आफ्ना१३ औँ जन्मदिन मनाएकी थिइन् । छोरीको जन्मदिनको पार्टीमा ऐश्वर्याको साथमा अभिषेक पनि साथै देखिएका थिए । यसअघि भने फ्यानहरूमाझ छोरीको जन्मदिनको पार्टीमा अभिषेक नगएको अनुमान चर्किएको थियो । पार्टी आयोजकले सामाजिक सञ्जालमा सेयर गरेको एउटा भिडियोमा अभिनेता छोरीको जन्मदिनको पार्टीमा देखिएका थिए ।
सम्बन्धविच्छेदको अफवाह
ऐश्वर्याले नोभेम्बर २० मा छोरी आराध्याको १३ औँ जन्मदिनको सेलिब्रेसनका केही तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । त्यसको एक दिन पछि अमिताभ बच्चनले आफ्नो ब्लगमा आफ्नो परिवार र व्यक्तिगत समस्याहरूबारे एउटा पोस्ट शेयर गरेका थिए ।
‘परिवारको बारेमा बोल्नबाट जोगिन्छु, तर केही मान्छे आफ्नो फाइदाका लागि यस्ता मुद्दाको दुरुपयोग गर्छन्’ भनेर बिग बीले पोस्टमा लेखेका थिए । अमिताभले पोस्टमा छोरा र बुहारीको नाम उल्लेख गरेका थिएनन् । तर धेरैले उनको यो पोस्टलाई सम्बन्धविच्छेदको मुद्दासँग जोडेर हेरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु