बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

एरिका र सरुलाई काठमाडौँ युरोको सम्मान

शुक्रबार, २१ मङ्सिर २०८१, १६ : २४
शुक्रबार, २१ मङ्सिर २०८१

काठमाडौँ । गोंगबुस्थित काठमाडौँ युरो स्कुलले कराँतेकी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सरु लिम्बुलाई शुक्रवार नगद पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौँ युरोले स्पोर्टस मिटको समापन कार्यक्रममा दुवै खेलाडीलाई खेलकुदको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान गरेबापत सम्मान गरेको हो ।

काठमाडौँ युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले एरिका र सरुलाई नगद पुरस्कार र प्रसंशापत्र प्रदान गरे ।

सोही अवसरमा एरिका र सरुले स्पोर्टस मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरे । स्पोर्टस मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।

एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता एरिकाले आफूले समग्रमा खेलेको ६ अन्तर्राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण, तीन रजत र एक कांस्य पदक जितेकी छन् । 

इटालीमा भएको १३ औँ विश्व कराँते च्याम्पियनसिप पनि एरिकाले एक ‘बाउट’ जितेकी थिइन् । राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट मिडफिल्डर सरुले भारत र पाकिस्तानमा व्यावसायिक लिग खेलेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप