पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई हराउँदा बने यस्ता कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पोखरा एभेन्जर्सले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । जारी एनपीएलमा कुनै पनि टोलीले विकेटका आधारमा हात पारेको यो नै सबैभन्दा ठुलो अन्तरको जित हो ।
टस जिती ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पोखरा एभेन्जर्सले भने १६.५ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय ७६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
जारी प्रतियोगितामा पोखरा एभेन्जर्सले हात पारेको यो पहिलो जित हो । लुम्बिनी लायन्सले भने लगातार दोस्रो खेलमा हार व्यहोरेको हो । एनपीएलमा पोखर्रा एभेन्जर्सले आफ्नो तेस्रो र लुम्बिनी लायन्सले दोस्रो खेल खेल खेलेका हुन् ।
पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सको टोली जनकपुर बोल्ट्ससँग सात विकेटले हारेको थियो । लुम्बिनी लायन्स भने आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटले पराजित भएको थियो ।
लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका लागि आन्द्रेस गौसले शतक बनाए । एनपीएलमा बनेको यो पहिलो शतक पनि हो । त्यसअघि यही खेलमा आन्द्रे गौसले २० बलमै आफ्नो अर्धशतक पुरा गरेका थिए । यो जारी एनपीएलमा कुनै पनि खेलाडीले सबैभन्दा कम बलमा बनाएको अर्धशतक भयो ।
पोखरा एभेन्जर्सका लागि अर्का ओपनर दिनेश खरेलले पनि टोलीका लागि अर्धशतकीय योगदान गरे । जारी एनपीएलको एउटै खेलमा एउटै टोलीका लागि एक ब्याट्सम्यानले शतक र अर्का ब्याट्सम्यानले अर्धशतक बनाएको पनि यो पहिलो पटक हो ।
गौस र दिनेशको साझेदारी जारी एनपीएलमा सबैभन्दा ठुलो साझेदारी पनि हो । अविजित एक सय चार रन बनाउने क्रममा गौसले केवल ५५ बलको सामना गरी पाँच छक्का र १२ वटा चौका हिर्काएका थिए ।
दिनेशले भने अविजित ६१ रन बनाउने क्रममा केवल ४६ बलको सामना गरी चार छक्का र चारवटा चौका हिर्काएका थिए । दिनेशको अर्धशतक जारी एनपीएलमा बनेको ११औँ अर्धशतक हो । जारी एनपीएलमा हालसम्म चितवन राइनोजका रवी बोपराले दुईवटा अर्धशतक बनाएका छन् ।
यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले पनि अर्धशतक बनाएका छन् ।
शुक्रबारको खेलमा टस जिती ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सका लागि भने कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले टोलीका लागि ९५ रनको योगदान गरे । यसक्रममा उनले ५९ बलको सामना गरी चार छक्का र १० चौका पनि हिर्काए । उनी केवल पाँच रनका कारण जारी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नबाट चुके ।
जारी एनपीएलमा बनेको यो १०औँ अर्धशतक हो । यसअघि शुक्रबार चितवन राइनोजका ब्याट्सम्यान रवी बोपराले व्यक्तिगत रूपमा दोस्रो अर्धशतक बनाएका थिए । उनले कर्णाली याक्सविरुद्ध अर्धशतक बनाएका हुन् । रोहितको अर्धशतक जारी एनपीएलमा बनेको यो १०औँ अर्धशतक पनि हो ।
यसअघि, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवी बोपरा, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका लागि टम मुरेसले पनि ४५ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका मुरेसले केवल ३८ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । रोहित र मुरेसले चौथो विकेटका लागि एक सय १० रनको साझेदारी गरे ।
चौथो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले पनि १५ बलमा एक छक्का र दुई चौकाको मद्दतले १८ रन बनाएका थिए । लुम्बिनी लायन्सले पालीको सुरुवात भने निराशाजनक रूपमा गरेको थियो । लुम्बिनी लायन्सका दुबै ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए । विवेक यादव दुई रनमा अविजित रहे ।
लुम्बिनी लायन्सले अतिरिक्त रूपमा पनि १० रन पायो । पोखरा एभेन्जर्सका बलर विपिन खत्रीले दुई विकेट लिए । उनले तीन ओभरमा १८ रन खर्चिएका थिए । म्याट क्रिचलीले पनि एक विकेट हात पारेका थिए ।
जिसतसँगै पोखरा एभेन्जर्स अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुई खेल खेलेको सुदूरपश्चिम रोयल्स चार अंकसहित दोस्रो स्थानमा छ । तीन खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो स्थानमा छ ।
तीन खेल खेलेको कर्णाली याक्स दुई अंकसहित चौथो स्थानमा छ । तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौँ स्थानमा छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित छैटौँ स्थानमा छ । तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ । दुई खेल खेलेको लुम्बिनी यालन्सले भने अंक बटुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा
-
धरौटी आदेशपछि रास्वपामा उत्साह, अदालत राजनीतिक प्रभावमा नपरेको बुझाइ
-
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द