शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

चन्द्रमाको वरिपरि अन्तरिक्ष यात्रीलाई उडाउने योजनामा ढिलाइ

शुक्रबार, २१ मङ्सिर २०८१, १५ : ३०
शुक्रबार, २१ मङ्सिर २०८१

वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो आगामी चन्द्र मिसन अझै ढिलो हुने बताएको छ । यसअघि सन् २०२५ मा चन्द्रमाको वरिपरि अन्तरिक्ष यात्री पठाउने एजेन्सीको योजना थियो । तर अब यो योजनालाई २०२६ को अप्रिलसम्मका लागि सारिएको छ ।

यस अभियानमा चारजना अन्तरिक्ष यात्री चन्द्रमाको परिक्रमा गराउने र पृथ्वीमा फर्काउने भनिएको थियो । यस ढिलाइका कारण, दुई अन्तरिक्षयात्रीलाई चन्द्रमामा उतार्ने नासाको अर्को मिसन पनि २०२७ सम्मका लागि थाँती बसेको छ ।

पाँच दशकभन्दा बढी समयपछिको सबैभन्दा ठुलो मिसन

नासाको आर्टेमिस मिसन अहिलेसम्म एक पटक मात्र सफल भएको छ । २०२२ मा एउटा खाली क्याप्सुललाई चन्द्रमाको चारै तिर परिक्रमा गर्न पठाइएको थियो । क्याप्सुलको प्रक्षेपण र चन्द्रमाको चारै तिर परिक्रमा सफल पनि रह्यो । तर पृथ्वीको वायुमन्डलमा फर्किने क्रममा क्याप्सुलको तल्लो भागमा रहेको हिट शिल्डमा क्षति पुग्यो । क्याप्सुल आउँदा धर्तीमा सुरक्षित रूपमा फर्कियोस् भनेर यसको बाटो पनि फेर्नु पर्‍यो ।

नासाका इन्जिनियरहरूले हालै यसको कारण पत्ता लगाएका थिए । उनीहरूले यसको समाधानका लागि काम गरिरहेका छन् ।  १९६० र ७० को दशकमा अपोलोपछि आर्टेमिस नासाको सबैभन्दा ठुलो मिसन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप