अस्ट्रेलियन बलर मिचेल स्टार्कको आक्रामणसामु निरीह बन्यो भारत, १८० रनमै समेटियो

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली भारतले कमजोर प्रदर्शन गरेको छ । एडलेइडमा जारी दोस्रो टेस्टको पहिलो दिन शुक्रबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल एक सय ८० रन बनाउँदै अलआउट भयो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतीय टोलीका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतक समेत बनाउन सकेनन् । भारतका लागि नितिष कुमार रेड्डीले ४२ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएका नितिषले ५४ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान केएल राहुलले पनि टोलीको खातामा ३७ रन थपे । उनले ६४ बलमा ६ चौका प्रहार गरे । शुभमन गिल ३१ रन बनाउँदै पेभेलियन फर्किए । रविचन्द्रन आश्विनले २२ रन बनाए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त २१ रन बनाउँदै आउट भए ।
भारतीय टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतीय टोलीले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । घरेलु टोली अस्ट्रेलियाका बलर मिचेल स्टार्क एक्लैले ६ विकेट लिए । बायाँहाते तिब्रगतिका बलर स्टार्कले १४.१ ओभरमा दुई मेडन राख्दै ४८ रन खर्चिए ।
प्याट कमिन्स र स्कट बोल्यान्डले पनि दुई–दुई विकेट हात पारे । भारतीय टोलीका ब्याट्सम्यानहरु ४४.१ ओभरमात्र क्रिजमा टिक्न सके । यसअघि पर्थमा खेलिएको पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई दुई सय ९५ रनले हराएको थियो । त्यसैले पाँच टेस्टको शृंखलामा भारत १–० ले अगाडि छ । दोस्रो टेस्ट दिवा–रात्री रुपमा खेलिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाशिवरात्रिमा भगवान् पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ’
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण