‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुनविरुद्ध पुलिसमा उजुरी
शुक्रबार, २१ मङ्सिर २०८१, १४ : ३५

मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनविरुद्ध उजुरी परेको छ । फिल्म ‘पुष्पा २’ को विशेष शो मा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध उजुरी परेको हो ।
भागदौडमा मृत्यु भएकी महिलाका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध संध्य पुलिस स्टेसनमा उजुरी दिएको भारतीय मिडियाले जनाएको छ । ‘पुष्पा २’ लाई लिएर दर्शक सुरु देखिनै निकै उत्साहित छन् ।
४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो । उक्त शोमा अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको हो ।
‘पुष्पा २’ मा अल्लु अर्जुनको अलवा रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता नवीन येर्नेनी र रविशंकर यममाञ्चिली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीदेखि फलफूलसम्म : खाली पेटमा कहिले पनि नखानुहोस् यी ५ चिज
-
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक
-
गण्डकीका ४१ क्याम्पसमा स्ववियु निर्वाचन : कतै तालाबन्दी, कतै निर्विरोध
-
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष