ट्रम्पका आलोचकहरूलाई माफी दिँदैछन् बाइडेन

वासिङटन डीसी । अमेरिकाको नेतृत्वबाट बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपतिका आलोचकहरूलाई अग्रिम–माफी दिनेबारे विचार गरिरहेका छन् । यस मामिलाबारे जानकार कयौँ स्रोतहरूले भनेको भन्दै सीबीएसले समाचार छापेको छ ।
आफूले पदभार सम्हालेपछि आफ्नो विरोध गर्नेहरूसँग बदला लिन्छु भनेर डोनाल्ड ट्रम्पले कसम खाएका थिए ।
ट्रम्पको कोपबाट जोगाउन बाइडेनले यो कदम चाल्न लागेको अनुमान गरिएको छ । बाइडेनले ह्वाइट हाउसका वरिष्ठ सहयोगीहरूसँग माफी जारी गर्ने सम्भावनामा छलफल गरेको भने पनि उनीसामु माफीका लागि विशेष नाम भने औपचारिक रुपमा सिफारिस नभएको बताइएको छ । बाइडेनले हालै मात्र कर छली र अवैध हतियार राखेको भन्दै आफ्नो छोरा हन्टर बाइडेनमाथि परेको अभियोगमा निशर्त माफी दिएका थिए ।
उनको यो कदमको रिपब्लिकन पार्टीबाट मात्रै होइन डेमोक्रेटिक पार्टीभित्रैबाट पनि व्यापक आलोचना भएको थियो । बाडेनले माफी दिन सक्नेमा डा. एन्थोनी फाउसी र क्यालिफोनिर्याबाट सिनेटरमा निर्वाचित भएका एडम शिफ समेतका नामको चर्चा चल्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?