प्रेस सेन्टर नेपालले कमल गिरीको नेतृत्वमा महासंघको निर्वाचनमा भाग लिने
शुक्रबार, २१ मङ्सिर २०८१, १४ : १६

काठमाडौँ । विपक्षी गठबन्धनबाट प्रेस सेन्टर नेपालले वरिष्ठ उपाध्यक्ष कमल गिरीको संयुक्त प्यानलबाट पत्रकार महासंघको निर्वाचनमा भाग लिने भएको छ । गिरीको प्यानलबाट वरिष्ठ उपाध्यक्ष रोशन पुरी, महासचिवमा लेखनाथ न्यौपानेले उम्मेदवारी दिन लागेका हुन् ।
महिला उपाध्यक्षमा गंगा बरालले उम्मेदवारी दिन लागेकी छिन् । समावेशी उपाध्यक्षमा समाजवादी प्रेस सङ्गठन नेपालबाट सुवास साहले उम्मेदवारी दिने भएका छन् । गिरीको संयुक्त प्यानलमा समाजवादी प्रेस सङ्गठन नेपाल, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्गठन नेपालले संयुक्त प्यानल बनाएका हुन् ।
यता सत्ताधारी पार्टी कांग्रेस र एमाले निकट पत्रकार सङ्गठन प्रेस युनियन र प्रेस चौतारीले भागबन्डा टुङ्ग्याइसको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन