परिपत्र
६० निजामती कर्मचारीलाई कोरियामा १७ महिनाका लागि वैदेशिक अध्ययन तथा तालिम सम्बन्धी छात्रवृत्तिको अवसर
शुक्रबार, २१ मङ्सिर २०८१, १३ : ५९

काठमाडौँ । ६० निजामती कर्मचारीले दक्षिण कोरियामा १७ महिनासम्म वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिको अवसर पाउने भएका छन् । आगामी जनवरी २० देखि १७ महिनाका लागि ती कर्मचारी दक्षिण कोरियामा छात्रवृत्ति अन्तर्गत अध्ययन/तालिममा सहभागी हुन पाउने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत मानव संसाधन योजना शाखाले सरकारी सबै निकाय तथा तहलाई वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा पठाउने कर्मचारी मनोनयन गरी जानकारी पठाउन आह्वान गरेको छ ।
छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिइ मनोनयन गर्न पनि मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा