बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘बीआरआईको विरोध गर्न अमेरिकाले ३३ करोड डलर खर्च गरेको छ’

केपी ओली पनि कम्प्रोमाइज नगर्ने होइनन् : प्राध्यापक पी खरेल
शुक्रबार, २१ मङ्सिर २०८१

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार र पत्रकारिता केन्द्रीय विभागका प्रमुख रहिसकेका पी खरेल आमसञ्चार र पत्रकारिताबारे गहिरो अध्ययन र अनुभव भएका प्राध्यापक हुन् । दि राइजिङ नेपालको सम्पादक रहिसकेका खरेलसँग पत्रकारिताको व्यावहारिक र प्राज्ञिक दुवैमा गहिरो ज्ञान छ । खरेलसँग वैदशिक मामिला, खेलकुद, राष्ट्रिय राजनीतिमा पनि उत्तिकै ज्ञान छ । उनी यी विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नियमित लेखिरहन्छन् ।

आमसञ्चार र पत्रकारितामा उनका उत्तिकै पुस्तक छन् । विभिन्न क्षेत्रको कमी–कमजोरी र विकृतिबारे जिब्रो नचपाई आफ्नो धारणा राख्ने खरेलसँग विविध विषयमा रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • उच्चस्तरीय भ्रमण गर्दा वा नगर्दा कुनै देशसँगको सम्बन्ध बिग्रिहाल्ने वा सुमधुर भइहाल्ने हुन सक्छ ?

हुन सक्छ । जुन सरकार दिगो रहन्छ भन्ने हुन्छ, त्यो अवस्थामा त्यसको वजन बढ्छ । त्यहाँचाहिँ विभाजित छ भन्ने भयो भने वजन बढ्दैन । सम्झौता गर्दा लागु हुन्छ कि हुँदैन भन्ने दोधार हुन्छ । अनि औपचारिक रूपमै टुङ्गिन्छ ।

  • नेपालमा प्रधानमन्त्री हुने बित्तिकै छिमेकी देशको भ्रमणको कुरा चलिहाल्छ । तर चीन र उत्तर कोरियाबिच उच्चस्तरीय भ्रमण त्यति नभए पनि सम्बन्ध राम्रै देखिन्छ । अनि हामीचाहिँ सम्बन्ध मजबुत बनाउन भन्दै भ्रमणमा किन हतार गर्छौं ?

विभिन्न खालका विज्ञ हुन्छन् । हेरेर हुन्छ । तर्कका लागि एउटा तर्क गरिदिने कुरामात्र हो त्यो । दलअनुसारका विज्ञ हुँदा तर्क अनेक आउँछन् । शपथ लिएपछि अमेरिकी राष्ट्रपति कहाँ–कहाँ जान्छन्, हेरे हुन्छ नि त । म त भन्छु– जानुपर्छ ।

  • सम्बन्ध त अन्य मुलुकसँग पनि त बनाउनु पर्ला नि । तर सकभर भारततिरै जान बल गर्छन् नि हाम्रा प्रधानमन्त्रीहरू, किन ?

एउटा नजिर बनिसक्यो । अर्को कुरा, दल नै नहोला तर मूलधारका सबै दलमा भारतको प्रभाव भएका प्रशस्त नेता छन् । बहुमत भएको सरकार त चलाउन नसकेर ढल्छ । त्यसकारण किन चिढ्याइरहनु भन्ने पनि होला । तर, केपी ओलीसँग चिढिएको भन्ने देखाउन जानी–जानी भारतले निमन्त्रणा नदिएकोचाहिँ पक्कै हो ।

  • चिढिनुपर्ने कारण के होला ?

यही भन्ने नठम्याइ उडन्ते कुरा गर्नु एउटा कुरा हो । सम्भवतः उही चुच्चे नक्शा नै होला ।

  • आफ्नो देशको नक्शा निकाल्नु भारतविरोधी हुनु हो र ?

केपी ओली पनि कम्प्रोमाइज नगर्ने होइनन् । ६÷७ वर्षअघिसम्म उनी प्रो–इण्डियन नै थिए भन्ने मलाई पनि लाग्छ । भारतसँग कुरा गर्नुप¥यो भने प्रणव मुखर्जी नै थिए उनका सम्पर्क सूत्र ।

  • केपी ओलीको ?

ओली शक्तिमा नहुँदा पनि । तर प्रणव मुखर्जी राष्ट्रपति भएपछि व्यक्तिगत रूपमा भेटेरै हो कि म्यासेज पठाएको हो, अब म राष्ट्रपति भइसकेँ, यस किसिमको सम्पर्कमा रहन मिल्दैन भन्ने सन्देश पठाए ।

462642964_551963530985982_436111451059485950_n

  • अहिले बीआरआई, पहिला एमसीसी नै हेरौँ, वैदेशिक सहयोग वा लगानीमा नेपालका दलहरू किन विभाजित हुन्छन् ?

एमसीसीमा उसले राखेको रेटमा २५ प्रतिशत हामीले पहिल्यै तिर्नुपर्ने । बीआरआईमा ऋण लिन किन नमिल्ने ? कि नेताले सिफारिस गरेका, कि यहाँको इन्टेलिजेन्सले दिएका मान्छे तीन वर्ष अघिदेखि पालेर राखेको छ एमसीसीले । पहिल्यै चर्को छ, ब्याज त लिनै परेन नि ।

  • बीआरआई ऋणमा त लिनै हुन्न भन्नेमा अहिले आएर कांग्रेसले किन अडान लियो ?

अमेरिकी लवी कांग्रेसमा ठुलो छ । तिनीहरूको बोलवाला छ त्यहाँ । उनीहरूले जे भन्यो, त्यही गर्ने ।

  • बीआरआई असफल पार्न अमेरिका लागेको छ भन्ने तपाईंको भनाइ हो ?

पक्कै । बीआरआईको विरोध गर्न साढे तीन वर्षअघि उनीहरूको आधिकारिक वेबसाइटमा ३३ करोड डलर खर्च गर्ने कुरा उल्लेख थियो । म झुक्किएको होइन फेरि । चीनलाई कसरी अट्याक गर्ने भन्ने पनि छ ।

  • त्यो डलर कसलाई बाँड्ने पनि भनिएको छ ?

नागरिक समाजका अगुवाहरू, प्राज्ञिक क्षेत्रका अगुवाहरू, मानवअधिकारवादीका अगुवाहरू, कानुन व्यवसायीहरू, पत्रकारहरूमा खर्च गर्ने भनेको छ ।

  • यो खर्चचाहिँ नेपालीलाई मात्र गर्ने भन्ने पनि छ ?

एशिया प्यासिफिक रिजनमा भनेको छ । एशिया प्यासिफिक रिजनभन्दा चीनसँग जमिन जोडिएका १४ वटा राष्ट्र छन् । तिनमा सबैभन्दा आर्थिक रूपमा कमजोर नेपाल छ ।

  • यस्तो कुरामा नेपालीले पैसा लिन्छन् त ?

यहाँ त भारतमा नेपाल गाभ्ने कि नगाभ्ने भनेर कसैले पैसा दियो भने सेमिनार गरिहाल्छन् र बहस गराइहाल्छन् । ऋणमा बीआरआई लिनुहुन्न भन्ने बोलेको सुन्नु भएन ?

  • एउटा चाखलाग्दो विषयचाहिँ एमसीसी जसरी पनि पारित गर्नुपर्छ भन्ने कुराको नेतृत्व पनि गगन थापाले गरे । कुनै हालतमा ऋणमा बीआरआई लिनुहुँदैन भन्ने कुराको नेतृत्व पनि उनैले गरे । यसमा उनको दोहोरो भूमिका रह्यो भन्ने हो ?

दोहोरो, तेहेरो देखियो । कुखुरा हराउने र स्याल कराउनेजस्तो देखियो ।

  • कांग्रेसको अडानविपरीत सम्झौता भयो नि ?

नयाँ कुरा भएको छैन । ओलीले पनि कांग्रेससँग कम्प्रोमाइज गरे । सबै दलहरूभित्र विदेशीको प्रभाव छ भन्ने कुरा त चीनले पनि बुझेकै छ । उसले जे चाहेको थियो, त्यही दियो । चीनको कूटनीति भारतकोभन्दा उच्चस्तरको छ ।

  • प्रधानमन्त्रीको चीन भ्रमण सफल कि असफल भन्ने कुरामा तपाईंको भनाइ के हो ?

ओहो भन्ने केही भएन । देउवा गएका भए यति पनि हुँदैन थियो । योभन्दा बढी केही हुन सक्दैन थियो, जो गएको भए पनि ।

  • छिमेकी देश हो । आर्थिक सहयोग चाहिएकै छ । नेपालका लागि बीआरआई अनुदान मै दिऔँ भन्न चीनलेचाहिँ किन नसकेको ?

यो ‘ग्राण्ड’मा परिणत गर्न मिल्दैन भन्ने जान्दाजान्दै ओलीलाई अप्ठ्यारोमा पार्नका लागि गगन थापाले गरेको हुँकार मात्र हो । दिनै मिल्दैन । संसारभर खर्बौं खर्च गरिरहेको छ । अनि एउटा देशलाई दिन मिल्छ ? बरु पोखरा विमानस्थल ठिकै छ, ऋणमै लिन्छौँ तर त्यस्तै वा त्योभन्दा ठुलो अर्को आयोजना देऊ भनेर माग्न सकिन्थ्यो ।

  • स्थानीय तहको उपनिर्वाचनको परिणाम हेर्दा आउँदो निर्वाचनको केही आकलन गर्न सकिन्छ ?

यति सानो क्षेत्रमा भएको निर्वाचनले राजनीतिको हावा कता बग्दैछ भन्ने जनाउँदैन । त्यसमा पनि हल्लाले काम गर्ने, मासुभातले काम गर्ने निर्वाचनमा ट्रेडिशन पार्टीहरू नै आउँछन् ।

  • काठमाडौँमा बालेन शाहको प्रभाव छ भनिन्थ्यो, त्यो त देखिएन नि ?

बालेनले राम्रै काम गरेका छन् भन्ने मान्छे हो म । तर बालेन–बालेन भन्छन्, हुँदैन । त्यहाँ त भाषण गर्नुपर्छ । उनी भाषण गर्न डराएका छन् ।

462650126_9434882583188575_3732513684642555947_n

  • कांग्रेस, एमाले, माओवादीविरुद्ध वितृष्णा बढेको भनिन्थ्यो । त्यो त होइन रहेछ भन्ने त स्पष्ट भयो नि ?

योचाहिँ अन्दाज हो, विश्लेषण होइन । राजासहितको व्यवस्था आउने नै भयो भने पनि राप्रपाको अवस्था यही हो । उही दुईचार सिट तलमाथि मात्र हो । राप्रपा कै कारण राजसंस्था आउँदैन । यसको मतलव पुराना दल पनि सुरक्षित छन् भन्ने होइन ।

  • सरकारको नेतृत्व गरिरहेका केपी ओलीलाई आफ्नै पार्टीबाट भनेजस्तो सहयोग भएको छैन भनिन्छ, यो कति सत्य हुन सक्छ ?

केपी ओली उनको दलभित्र हरेश खाएका छन् । यो कुरा ओली निकट विष्णु रिमालले भने पनि हुन्छ, युवराज खतिवडाले भने पनि हुन्छ । शंकर पोखरेलले भने पनि हुन्छ ।

  • ओली निराशचाहिँ किन छन् ?

पार्टीभित्रै सहयोग भएन भनेर मसँग प्र्रशस्त जानकारी छ । त्यहाँ गुटबन्दी सुरु भयो । उनले निकट मानेका व्यक्तिहरूले नै गुटबन्दी सुरु गरेका छन् ।

  • सरकारले मलाई पूर्वाग्रह साँध्यो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइचाहिँ कति पूर्वाग्रही छ ?

रवि लामिछानेलाई यो सरकारले खेदो खनेकै हो । यसमा केपी ओली, शेरबहादुर देउवा अनि छायाँमा आरजु राणा र गगन थापा हुन् । आइजीपीले नै रविलाई सफाइ दिएको होइन ?

  • रविले सहकारीको रकम हिनामिना गरेको कुरा त छरपष्टै आएको छ त ?

यिनी पत्रकार भएको बेलामाचाहिँ शंकास्पद गतिविधि हो । प्रश्न उठाइदिए बापत । वा, प्रश्न नउठाइदिए बापत । त्यो बेलामा प्रशस्त कुरा उठेकै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया