निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड : माधव सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
दलहरूबिच सहमति जुटे संसदबाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्दा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिने उनको भनाइ छ ।
सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको जिकिर गरे ।
उनले प्राप्त भइरहेका अधिकार कटौती गर्न माओवादी सहमत नरहेको तर अग्रगमनका लागि हुने संविधान संशोधनमा तयार नै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द