रविमाथि प्रतिरोध नै साधियो भन्ने लाग्छ : बाबुराम
![रविमाथि प्रतिरोध नै साधियो भन्ने लाग्छ : बाबुराम](https://npcdn.ratopati.com/media/news/baburam_J5PqGg0no6.jpg)
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की पुगेर भट्टराईले भेट गरेका हुन् ।
भेटपछि उनले लामिछानेमाथि राज्यले प्रतिशोन नै साधेको देखिएको उल्लेख गरे । उनले भने 'जुन किसिमले उहाँलाई एकपछि अर्को दुख दिने काम भएको छ, यो अल्लि अस्वाभाविक र अन्यायपूर्ण देखिन्छ । त्यसैले उहाँको अवस्थाबारे जानकारी लिऊँ भनेर भेटेको हो । उहाँले पनि आफूमाथि राजनीतिक प्रतिशोध नै भएको बताउनुभयो । घटनाक्रमले पनि त्यस्तै देखाउँछ । '
सहकारीसँग सम्बन्धित समस्याको जारो धेरै फैलिएको पनि उनले बताए । सत्तारुढ दलकै नेताको वरिपरि सहकारीको रकम धेरै अपचलन भएको भन्दै उनले बचतकर्ताको समस्या समाधान पनि नगर्ने र नयाँ शक्तिहरूलाई पनि तर्साउने काम भएको उल्लेख गरे ।
भेटमा रविले सहकारी अपचलनसम्बन्धी अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएको डा भट्टराई ले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल