बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ
![बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ](https://npcdn.ratopati.com/media/news/ram-khadka-sapath_kWMKrRQ9qf.jpg)
हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रवार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य खड्कालाई शपथ गराएका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा तथा मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा सदस्य खड्काले शपथ ग्रहण गरेका हुन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।
गत कात्तिक २ मा आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएपछि रिक्त उक्त एक सदस्य पदमा खड्का नियुक्त भएका थिए । आयोगको अध्यक्षमा श्रेष्ठको नियुक्तिको विषयलाई लिएर ढकालले असन्तुष्टि व्यक्त गर्दै कार्तिक ११ बाट लागू हुनेगरी पदबाट राजीनामा दिएका थिए । आयोगको कुल ३ सदस्यमध्ये एक महिला सदस्यमा कांग्रेसबाट शर्मिला न्यौपाने कार्यरत रहेकी छिन् । उनको पदावधि बाँकी नै रहेको छ ।
गौरीशंकर गाउँपालिका–५ दोलखा निवासी खड्का प्रमुख प्रतिपक्ष दल माओवादी कोटामा आयोगको सदस्य नियुक्त भएका हुन् । खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । उनी दोलखाको सिंगटीस्थित प्रताप स्मृति क्याम्पसका प्रमुख हुन् ।
माध्यमिक तह स्थायी शिक्षक रहेका उनले कालीनाग माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । आयोगको सदस्य हुने निश्चित भएसँगै शिक्षण पेसाबाट अवकाश लिएका थिए । उनले आयोगको सदस्य बन्न गत कात्तिकमा शिक्षण पेसाबाट अवकाश लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते