नेपाल आइपुगे भुटानी राजा जिग्मे(भिडियो)
शुक्रबार, २१ मङ्सिर २०८१, १० : ५८
![नेपाल आइपुगे भुटानी राजा जिग्मे(भिडियो)](https://npcdn.ratopati.com/media/news/king-of-bhutan_nepal-photo-library-3_Ar1kBJl7ba.jpg)
काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्दै छन् ।
प्रहरी स्रोतका अनुसार उनले आज स्वयम्भूको दर्शनका लागि जाने छन् । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।
दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ । भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा बनाइएको छ ।
उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको प्रहरी स्रोतले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा
-
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल