धवनले मनाए ३९ औँ जन्मदिन

काठमाडौँ । चर्चित भारतीय क्रिकेटर शिखर धवन हाल नेपालमा छन् । उनी नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका हुन् । उनी कर्णाली याक्सको तर्फबाट एनपीएल खेल्दैछन् ।
संयोगले, धवनलाई नेपालमै जन्मदिन मनाउने अवसर पनि जुरेको छ । बिहीबार धवनको जन्मदिन हो । उनी बिहीबार ३९ वर्ष पुगेका छन् । उनले आफ्नो जन्मदिन कर्णाली याक्सका टोलीसँग केक काटेर मनाएका छन् ।
भारतको राष्ट्रिय टोलीबाट दुई सय ६० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका धवनले जारी एनपीएलमा उत्कृष्ट प्रदर्शन पनि गरेका छन् । यद्यपि, उनको टोली कर्णाली याक्स आफूले खेलेको दुवै खेलमा पराजित भएको छ ।
कर्णाली याक्सको पहिलो खेलमा धवनले जनकपुर बोल्ट्सविरुद्ध १४ रन बनाएका थिए । त्यो खेलमा उनले १४ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए ।
दोस्रो खेलमा भने उनले उत्कृष्ट अर्धशतक बनाएका थिए । काठमाडौँ गुर्खाजविरुद्धको उक्त खेलमा ओपनर ब्याट्सम्यान शिखर धवनले अविजित ७२ रन बनाएका थिए । त्यो खेलमा उनले ५१ बलको सामना गरी पाँच छक्का र चार चौका पनि हिर्काएका थिए । जारी एनपीएलमा सम्भवतः धवन नै सबैभन्दा चर्चित विदेशी खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे
-
अवैध रूपमा आयात गरेको एप्पल चामल सिल