एमाले सांसद रामदेव यादवले भने– मेरो चरित्र हत्या गर्ने चेष्टा गरियो
विराटनगर । नेकपा एमाले कोशी प्रदेशका सांसद रामदेव यादवले सुनसरीको गढी गाउँपालिका ६ को उपनिर्वाचनको विषयलाई लिएर आफूमाथि आर्थिक लेनदेनको हल्ला चलाएर चरित्र हत्या गर्न खोजेको बताएका छन् ।
उपनिर्वाचन भएको गढी गाउँपालिका क्षेत्रबाटै निर्वाचित सांसद यादवलाई एमाले गढी ६ का वडाध्यक्ष चितनारायण खेवारले एक विज्ञप्ति जारी गर्दै आर्थिक चलखेलको हल्ला चलेको आरोप लगाएका थिए । यस्तै खेवारले विज्ञप्ति जारी गर्दै आफूसहित वडा कमिटीका पदाधिकारी, सदस्यहरू तथा पार्टी सदस्य गरी २१३ जनाले एमाले परित्याग गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
त्यस विषयको खण्डन गर्दै सांसद यादवले खेवार आफैँले पार्टीले दिएको जिम्मेवारी इमानदारितापूर्वक पुरा नगरेको, पार्टी हित विपरीत काम गरेको, गोपनीयता भङ्ग गरेको, पार्टीको घोषित उम्मेदवारको विरुद्धमा प्रचार गरेको लगायतको आरोप लगाएका छन् ।
‘आफैँ पार्टी हित विपरीत काम गरेर चुनाव हराउने अनि पराजयको कारण जिल्ला कमिटी सदस्यहरू, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा सदस्य भगवती चौधरीलगायत प्रदेश सांसद रामदेव यादवले नेपाली कांग्रेसका उम्मेदवार तपन दाससँगको आर्थिक लेनदेनको हल्ला हात्तीमुढामा चल्नु भन्ने झुटो गैरजिम्मेवारी, अनैतिक, अपुष्ट समाचार विज्ञप्ति छापेर तुच्छ मनसायले फेसबुकमा पोष्ट गर्नु कसैको राजनीतिक चरित्रको हत्या गर्ने चेष्टा सिवाय अरू केही होइन,’ यादवले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘म यो कुराको विज्ञप्ति मार्फत खण्डन गर्दछु कि कसैले यो कुरा पुष्टि गरिदिएमा म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट संन्यास लिनेछु ।’ उनले पार्टीको समीक्षा बैठकमा आफू बच्न चित नारायण खेवारले अरूलाई दोष थुपारेर पार्टी परित्याग गरेको कुरा साँचो भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ प्रतिशत छुटमा किसानलाई चैते धानको बीउ
-
१२ बजे, १२ समाचार : पाथीभरा क्षेत्रमा सरकारले दमन गरेको भन्दै आन्दोलनको घोषणादेखि समय आएपछि बोल्ने रविको उद्घोषसम्म
-
सोनाम ल्होछारको तयारी पुरा
-
इसेवा नेपालको सेवा अवरुद्ध
-
वर्णवास म्युजियम होटलले अङ्कित मूल्यमा आईपीओ ल्याउँदै, होटलका यस्ता छन् विशेषता
-
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने