सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट पूर्व प्रधानमन्त्री शेख हसिनाको ‘घृणापूर्ण’ भाषण हटाउन आदेश

ढाका । बंगलादेशको इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले पूर्व प्रधानमन्त्री शेख हसिनाको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उपलब्ध ‘घृणापूर्ण’ भाषण हटाउन आदेश दिएको छ।
बीबीसी बांग्लाका अनुसार अदालतले बंगलादेशको दूरसञ्चार नियामक आयोग (बीटीआरसी) लाई शेख हसिनाका 'घृणायुक्त भाषणहरू' जतिसक्दो चाँडो सबै प्रकारका मिडियाबाट हटाउन आदेश दिएको हो। बिहीबार न्यायाधिकरणका अध्यक्ष न्यायाधीश गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेका तीन न्यायाधीशले यस्तो आदेश दिएका हुन् ।
केही दिनयता शेख हसिनाको भाषणका केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बंगलादेशको राजनीतिक उथलपुथलका बिच शेख हसिना आफ्नो देश छोडेर भारत आएकी थिइन् । अहिले पनि उनी त्यहीँ छिन् ।
भाषणमा प्रतिबन्ध लगाउन माग गर्दै वकिलहरूले भने, ‘एक अभियुक्त शेख हसिनाको बयान र फोन वार्तालापको अडियो केही सामाजिक सञ्जाल र मिडिया प्लेटफर्महरूमा लिक भएको छ। त्यसैले अन्तरिम सरकारले उनीमाथि छानबिन गरिरहेको छ।’
वकिलहरूले भने, ‘घृणित भाषण संसारभरि अपराध हो, त्यसैले हामीले यसलाई प्रतिबन्ध लगाउन अपिल गरेका थियौँ । मिडियामा उपलब्ध सबै त्यस्ता भाषणहरू हटाउन माग गरेका थियौँ। सुनुवाइ पछि, अदालतले निवेदन स्वीकार गर्यो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा