मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

देवेन्द्र फडणवीसले लिए महाराष्ट्रको मुख्यमन्त्रीको शपथ, एकनाथ शिन्दे र अजित पवार बने उपमुख्यमन्त्री

बिहीबार, २० मङ्सिर २०८१, २० : २१
बिहीबार, २० मङ्सिर २०८१

मुम्बई । भाजपा नेता देवेन्द्र फडणवीसले महाराष्ट्रको मुख्यमन्त्रीको शपथ लिएका छन् । शिवसेना (शिन्दे) प्रमुख एकनाथ शिन्दे र एनसीपी (अजित) प्रमुख अजित पवार उपमुख्यमन्त्री हुनेछन्।

यो शपथ ग्रहण समारोह मुम्बईको आजाद मैदानमा आयोजना गरिएको थियो। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित एनडीए शासित राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू, केन्द्रीय मन्त्रीहरू र अन्य एनडीए नेताहरू पनि उपस्थित थिए ।

भाजपा नेतृत्वको महायुती गठबन्धनले महाराष्ट्र विधानसभा चुनाव जितेको थियो। यस गठबन्धनमा समावेश भारतीय जनता पार्टी (भाजपा) ले १३२ सिट, एकनाथ शिन्देको शिवसेनाले ५७ सिट र अजित पवारको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)ले ४१ सिट जितेको छ। महायुतीले २३० सिट जितेर सत्तामा फर्केको हो ।

उपमुख्यमन्त्रीको शपथ लिनुअघि एकनाथ शिन्देले बाला साहेब ठाकरे, आनन्द दिघे, प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिएका थिए। राज्यपाल पी राधाकृष्णनले उनलाई रोकेपछि उनले पद र गोपनीयताको शपथ लिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप