इमरान खानविरुद्ध सेनाको मुख्यालयमा भएको आक्रमणको विषयमा मुद्दा दायर
इस्लामाबाद । पाकिस्तानको रावलपिन्डीको आतंकवाद विरोधी अदालत (एटीसी) ले जीएचक्यू (पाकिस्तानी सेनाको मुख्यालय) मा भएको हमलासँग सम्बन्धित मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खान र अन्य अभियुक्तहरूविरुद्ध मुद्दा दायर गरेको छ। यो घटना मे ९, २०२३ को हो।
इमरान खानमाथि आफ्ना समर्थकलाई आक्रमण गर्न उक्साएको आरोप लगाइएको छ । बीबीसी उर्दूको रिपोर्टअनुसार एटीसी न्यायाधीश अमजद अली शाहले बिहीबार अदियाला जेलमा जीएचक्यू हमलासँग सम्बन्धित मुद्दाको सुनवाइ गरेका थिए।
इमरान खानबाहेक अन्य अभियुक्तहरूमा राष्ट्रिय सभामा विपक्षी नेता उमर अयुब, पीटीआई (पाकिस्तान तेहरिक-ए-इन्साफ) का संसदीय नेता जरताज गुल र पूर्व आन्तरिक मन्त्री शेख रसिद समावेश छन्।
सुनुवाइको क्रममा उपस्थित अडियाला जेलका एक अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार इमरान खानलाई उनको ब्यारेकबाट अदालतको कोठामा ल्याइएको थियो र न्यायाधीशले उनको उपस्थितिमा आरोपहरू तय गरेका थिए। तर, खानले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका थिए ।