गायिका लक्ष्मीले ल्याइन् 'हे गोरी'
बिहीबार, २० मङ्सिर २०८१, १९ : ३५
![गायिका लक्ष्मीले ल्याइन् 'हे गोरी'](https://npcdn.ratopati.com/media/news/he-gori_dw47xjElN9.jpg)
काठमाडौं । गायिका एवं कम्पोजर लक्ष्मी हमालले फिल्मी गीत 'हे गोरी' सार्वजनिक गरेकी छन् । केही समयअघि सोलो गीत 'राख तिम्रो मुटुभित्र' ल्याएकी उनले अहिले मौलिक शैलीको फिल्मी गीत 'हे गोरी' ल्याएकी हुन् ।
विराटनगरलगायत पूर्वी तराईका विविभिन्न ठाउँमा सुटिङ गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्याय मुख्य फिचर्ड छन् भने विरोल एवं द्वन्द्वात्मक पार्टमा सुगत कारन्जित र जतिन ताम्राकार देखिएका छन् । म्युजिक भिडियोमा प्रसान्त तामाङको निर्देशन तथा कोरियोग्राफी र सांग्रीला क्रियशनको पोष्ट प्रोडक्सन रहेको छ ।
अडियोमा शब्द, संगीत र फिमेल भोकल लक्ष्मी आफ्नै रहेको छ भने मेल भोकल गायक हिमाल सागरले दिएका छन् । अकोष्टिक नेपालले रेकर्ड गरेको अडियोको एरेन्ज साहस शाक्यले गरेको छन् भने मिक्स एवं मास्टरिङ प्रकाश मिश्राले गरेका हुन् ।
म्युजिक भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि